स्थानीय निर्वाचन गर्न १२ अर्ब बजेट आवश्यक

मुख्य खबर बुधबार माघ १९, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ । मंगलबार २०७९ साल जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले यस्तो अनुमान गरेको हो ।

एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमानसमेत आयोगले गरेको छ । विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च भएको थियो। सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको भन्दै आयोगले यो पटकको चुनावको अनुमानित खर्च विवरण सार्वजनिक गरेको हो ।

२०७४ को निर्वाचनपछि करीब २० लाख मतदाता थपिएका छन्। अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेआयोगको भनाइ छ । सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा हुनेछ ।

Leave a Comment