काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने गरि निर्वाचन आयोगसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री देउवा र आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।
सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो । निर्वाचन आयाेगले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।
यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।