काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल र जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईबीच सामाजिक सञ्जाल ट्विटमा शैक्षिक योग्यताबारे बादविवाद चर्किदै गइरहेको छ । डा. भट्टराईले डा. रावलको पीएचडी नक्कली भएको भन्ने कुरा बहसमा ल्याएपछि उनीहरुबीच सवाल जवाफ सुरु भएको छ ।
डा. रावलले भनेका छन, बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु ।त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन। पीएचडी नक्कली सीमापारी हुनेगरेको सधैं चर्चा हुन्छ । त्रि.वि.विबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न।