काठमाडौं । प्रधानमन्त्री शेर बहादृर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने ठोकुवा गरेका छन् । मंमबार काँग्रेस बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।
सत्तागठबन्ध दलहरुले तीनवटै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताउँदै आए पनि पछिल्लो समय प्रधानमन्त्री देउवा कुनै पनि हालतमा तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने रणनीतिका साथ अघि बढेका छन् ।