काठमाडाै । एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले सभामुख अग्निप्रसाद सापकोटालाई झन्डा देखाएको छ।
मंगलबार अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शमा उत्रेको अनेरास्वीयु यस अघि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि कालोझन्डा देखाएका थिए। पुल्चोकमा सञ्चारमन्त्री सवार गाडी छेकेर अनेरास्ववियुले कालोझन्डा देखाउँदै प्रदर्शन गरेका थिए।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज देशैभर प्रदर्शन गरिरहेको छ।