चुनावको मितिको माग गर्दै अनेरास्ववीयुद्वारा मन्त्रीक्वाटर अगाडि विरोध प्रदर्शन,मन्त्रीलाई कालो झण्डा

मुख्य खबर मङ्लबार माघ १८, २०७८

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले स्थानीय तहको निर्वाचनको माग गर्दै पुल्चोकस्थित मन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका कार्यकर्ताहरु मंगलबार पुल्चोकमा भेला भएर स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र हुन लागेको भन्दै विरोध प्रदर्शमा उत्रेका हुन् ।

प्रदर्शनमा अनेरास्ववीयुका विद्यार्थीहरुले चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए । उनीहरुले निवासबाट बाहिरिँदै गरेका सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा देखाएका छन् । उनीहरुले मन्त्री कार्कीको सवारीलाई अवरोध समेत गरेका थिए ।

Leave a Comment