बागमती प्रदेशमा भोली सार्वजनिक बिदा

बागमती मङ्लबार माघ १८, २०७८

काठमाडौं । बागमती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा बिदा दिने भएको छ । प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा भोली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा पनि सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले प्रदेशका नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेको छ ।

दुर्घटनामा परी वा आकस्मिक रुपमा उपचार गराउनुपर्ने बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

Leave a Comment