काठमाडौं । स्थानीयतहको निर्वाचन कहिले गर्ने भन्ने दलहरु माझ अझै अन्योल रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले एमसीसी अनुमोदन गरेर निर्वाचनको मिती तोक्ने तयारीमा हुनुहुन्छ भने, गठबन्धनका अन्य नेता एमसीसी भन्दा पहिले निर्वाचन गर्नुपर्ने बताइरहेका छन् ।
दलहरु बिच निर्वाचनको अन्यौल बढीरहेको बेला निर्वाचन आयोगले भने निर्वाचनको नयाँ मिति तोक्ने भएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले पदावधी सकिनुभन्दा अगाडि नै निर्वाचन हुनुपर्ने आयोगको धारण रहेकाले त्यही अनुसार आयेगले काम गरिएरहेको जानकारी दिनुभयाे ।