कोरोना विरुद्धको मौज्दात खोप विवरण पठाउन निर्देशन

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौं । सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

हिजो बसेको मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको हो ।

अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले कोभिड–१९विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । सरकारले अभिलेखमा नरहेको कोरोनाविरुद्धको २४ लाख मात्रा खोप खोजी गर्न छानबिन समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिले खोपको मौज्दात र लगाएकाहरूको विवरण अद्यावधिक गरी खोपको यथार्थ स्थिति सार्वजनिक गर्नेछ ।

 

 

Leave a Comment