एमसीसीबारे गठबन्धनले असंवेदनशील र ओलीले अवसरवादी भूमिका देखाए-रावल

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडाै‌ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनले असंवेदनशील र केपी ओलीले अवसरवादी भूमिका देखाएको आरोप लगाउनुभएको छ ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा एमसीसीबारे स्मृति पत्र सार्वजनिक गर्र्दै रावलले केपी ओलीले गठबन्धनको स्पष्ट धारणा नआउँदासम्म बोल्दिन भन्नु अवसरवाद भएको आरोप लगाउनु भएको हो ।

जनताको आवाज उठाउने संसद निरन्तर अवरुद्ध गरी प्रतिपक्षी दलका नेताको मिलेमतोमा चलाखीपूर्ण ढंगबाट सम्झौता पारित गराउने खेल भइरहेको उहाको भनाई छ । कार्यक्रममा रावलले एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा समेत प्रश्न उठाउनुभएको छ ।

Leave a Comment