निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौँ – राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।

राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेस गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाए ।

विज्ञप्ति जस्ताकाे त्यस्तै

Leave a Comment