त्रिविका रोकिएका परीक्षा फागुन भित्र गर्ने गरि तालिका सार्वजनिक हुँदै

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौँ । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुन महिनामा सम्पन्न गर्ने गरि तयारी थालिएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले ओमिक्रोनका कारण स्थगन गरेका त्रिविका विभिन्न संकायका परीक्षाहरु फागुन भित्र गर्ने निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र रुपमा फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो।

‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं’, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि भने। कोभिड संक्रमण बढेसँगै त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका थिए।

Leave a Comment