गठबन्धन तोड्ने चेतावनी दिएसँगै देउवालाई फकाउँदै प्रचण्ड !

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ।

देउवा र ओलीबीच सिंहदरबारमा भएको भेटमा संसदको गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्तागठबन्ध भित्रै मत बाझिएपछि देउवाले गठबन्धन तोड्ने चेतावनी दिएका थिए । गठबन्धन तोड्न नहुने भन्दै माओवादी अध्यक्ष प्रचण्ड अहिले देउवालाई फकाई रहेको स्रोतले जनाएको छ ।

Leave a Comment