एजेन्सी । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छन्। गए राति भएको खेलमा रुसी खेलाडी डेनियल मेदभेदेवलाई पराजित गर्दै ३५ वर्षीय नाडालले २१औँ ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाउन सफल भएका हुन्।
अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ मेलबर्न पार्कमा भएको फाइनलमा नाडालले दोस्रो वरियताका मेदभेदेवलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को सेटमा पराजित गरे। पाँच घन्टा २४ मिनेट लामो संघर्षपूर्ण भिडन्तमा मेदभेदेवले सुरुवाती दुई सेट जित्दै नाडालमाथि दबाब बनाए पनि उनी अन्तिम तीन सेटमा चुक्दा नाडालले कीर्तिमान बनाउन सफल भए।
३५ वर्षीय नाडालले रोजर फेडेरर र नोभाक जोकोभिकसँगै २० पटक ग्राण्ड स्लाम उपाधि जितिसकेको कीर्तिमान आफ्नो नाममा बनाउँदै सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने होडमा रहेका थिए।