झापामा पाँच जनामा कुष्ठरोग फेला

समाज सोमवार माघ १७, २०७८

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । झापामा चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म पाँच जनामा कुष्ठरोग फेला परेको छ ।

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक÷एक जना कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो ।

झापामा चालु आर्थिक वर्षको पुवस मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । यस रोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ। औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ।

Leave a Comment