म्याग्दीको बेनी अस्पतालमा आइसीयू प्रयोगमा आउन सकेन

समाज सोमवार माघ १७, २०७८

काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसीयू) प्रयोगमा आउन सकेको छैन। करोडौ खर्चेर जडान गरिएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका छन्।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले २०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच शैया क्षमताको आइसीयू कक्ष स्थापना गरेको थियो।

अहिले सबै उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीय खम थापाले बताउनुभयो ।

Leave a Comment