काठमाडौं । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ। तत्कालीन कार्यालय प्रमुख शशिभूषणकुमार यादवले गत मंसिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ।
गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैंले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपपुर हेटौंडास्थित ट्यागंकर क्लीब्रेसन एकाइ (पेट्रोलिय पदार्थ बोक्ने ट्याक्कर परीक्षण गर्ने) कार्यालय रहेको छ। दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन्।