एकिकृत समाजवादी पार्टीका नेता डा. दुमनसिंह थापाको निधन

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता डा.दुमनसिंह थापाको निधन भएको छ । संविधानसभा सदस्यसमेत रहेका थापाको आइतबार राति काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ । उहाँ सुगर, प्रेसरलगायत रोगबाट पीडित रहेको र उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले बताउनुभयो । अर्घाखाँचीका थापा नेकपा (एमाले) बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । एमाले विभाजनपछि उहाँ एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोग सदस्य हुनुहुन्थ्यो ।

Leave a Comment