काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताउनुभएको छ ।
समाजीक सञ्जाल टुइटरमा लेख्दै उहाँले एमसिसी सम्झौता आलटाल नगरी पारित गरिनुपर्ने भन्दै सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
सत्तारूढ गठबन्धनका बैठकमा एमसिसी पारित गरेर जानुपर्ने विषयमा कुराकानी भएका खबरहरू आइरहेका छन्। यसबारे भट्टराईले आफ्ना धारणा राख्दै सर्वसम्मतिले एमसिसी सम्झौता पारित गरिनुपर्ने उल्लेख गरेका छन्।