२४ लाख कोरोना खोप गायब भएपछि छानबिन समिति गठन

मुख्य खबर सोमवार माघ १७, २०७८

काठमाडौं । अभिलेखमा नभेटिएको २४ लाख मात्रा कोरोनाविरुद्धको खोपको बारेमा छानबिन गर्न समिति बनाएको छ । स्वास्थ्य मन्त्रालयले खोप हराएको विषयमा छानविनका लागि ५ सदस्यीय समिति बनाएको हो । समितिले दुई हप्तामा प्रतिवेदन दिने छ ।

मन्त्रालयले प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित समितिमा प्रमुख जनस्वास्थ्य प्रसाशक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य रहनुभएको छ भने वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिव रहनुभएको पनि मन्त्रालयले जनाएको छ । समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ ।

Leave a Comment