काठमाडौं । सरकारले सूचीकृत बाहेकका प्रयोगशालामा कोरोनाको आशङ्कामा जाँच भएको नमूनाको नतिजा विवरण पठाउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गिता मिश्राले सूचीकृत किट प्रयोग गरी परीक्षण गरिएको पाइएकाले यस बारेमा जानकारी नगाउने सङ्घसंस्था वा नियोगलाई विवरण पठाउन अनुरोध गरिएको बताउनुभयो ।
उहाँका अनुसार घरमै विभिन्न किटको प्रयोग गर्नेहरूले पनि सरकारलाई परीक्षणको नतिजाको बारेमा जानकारी गराउन मन्त्रालयले भनेको छ ।