प्रजातान्त्रिक गणतन्त्र कंगोमा ५१ जनालालाई मृत्युदण्डको सजाय

अन्तर्राष्ट्रिय आइतवार माघ १६, २०७८

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सो हत्याकाण्डमा संयुक्त राष्ट्रसंघका दुई विशेषज्ञ मारिएका थिए । कंगोमा सन् २००३ मा मृत्युदण्डको सजाय परिमार्जन गरी आजीवन काराबासको सजाय दिने गरिएकोमा १४ बर्षपछि पुनः मृत्युदण्डको सजाय ब्युँताइएको हो । यद्यपी मृत्युदण्डको सजाय तोकेकाहरुलाई पनि मृत्युदण्ड हुने वा नहुनेमा अन्योल छ ।

सजाय पाएका ५१ जना बिगत ४ बर्षदेखि कारागारमा छन् । सन् २०१७ मा कंगोको मध्य कसाई क्षेत्रमा सरकारी सेना र सशस्त्र समुहबीचको हिंसामा संयुक्त राष्ट्रसंघका दुई विशेषज्ञ बेपत्ता भएकोमा उनीहरुको शव एक गाउँमा फेला परेको थियो ।

Leave a Comment