अब विदेशबाटै ई-पासपोर्ट बनाउन सकिने

आर्थिक आइतवार माघ १६, २०७८

काठमाडौं । विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसिया लगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी बनाउन सकिने जनाएका हुन ।

कतारस्थित नेपाली दूतावासले पनि सरकारले लागू गरेको विद्युतीय राहदानी नेपालमा राहदानी विभाग तथा केही जिल्लाहरुबाट जारी भईसकेको जानकारी दिदै दूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई–पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनाएको छ ।

दूतावासले सुचना जारी गर्दै तत्काल अत्यावश्यक नभएमा राहदानी नवीकरणका लागि आवेदन नदिन अनुरोध गरेको छ ।

Leave a Comment