काठमाडौं । कोरोनाको कारण देखाउदै आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । हिजो एक सुचना जारी गर्दैै माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी वैठक स्थगित भएको हो ।
मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ ।
यस्तै आजैका लागी बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातार अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको थियो ।