सकारात्मक सोँचका अभियान्ता  डा.लामिछानेकाे खुशी भएर फर्कन स्वदेशमा सार्वजनिक

समाज शुक्रबार माघ १४, २०७८

विकासविद् तथा सकारात्मक सोँचका अभियान्ता  डा. आरसी लामिछानेद्धारा लिखित हामी सबैले सक्दछौको अपार सफलता पश्चात अर्को गित खुशी भएर फर्कन स्वदेशमा बोलको उत्प्रेरक गीत सार्वजनिक भएको छ । The ERIPS  नामक युटुव च्यानलवाट सार्वजनिक भएको यो गितले विभिन्न कारणले प्रदेशमा गएर काम गर्न वाध्य युवा युवतीलाइ काम गर्न सकारात्मक उर्जा मिलोस र प्रदेसको वसाइ सहज हुने मनस्थिती बनोस एवम् परिवारका सदस्यहरुसँग सकारात्मक सन्देश आदान प्रदान गर्न हौसला वढोस भन्न भाव बोकेको   छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशक समेत रहनु भएका लामिछानेले लेख्नुभएको गीतमा  गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका सुमिना लोसँगै टेरेसा विश्वकर्मा र अनिल श्रेष्ठले स्वर दिनुभएको छ भने लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गर्नु भएको छ ।

हामीले दृष्टिकोण वदल्न सक्यौ भने देश भित्र नै धेरै अवसरहरु सिर्जना गर्न सक्दछौ, देश भित्र नै उद्यम विकासका अपार अवसर र संभावनाहरु भएको कुरा गीतले देखाएको छ । निराश भई विदेशमा वस्नु भन्दा खुशी हुदै स्वदेश फर्केर परिवारका सदस्यहरु मिलेर बाँझो खेतमा उत्पादन गरेर र स्वदेशमा नै उद्यम गरेर पनि सम्पत्ति कमाउन सकिने प्रयाप्त अवसरह छन भन्ने सन्देश गितले दिन खोजेको छ ।

विदेशको काम गराइ र बसाइ धेरै पिडा र अपमान भोग्न पर्ने तर घर तिरका सुखद खबर र प्रियसीका मायाले विदेशमा भोगिने पिडा र कष्ठलाइ भुलाउन सकिने भएकाले परिवारका सदस्यहरुले घरपरिवारका सकारात्मक सन्देशहरु सुनाइदिदा पनि प्रदेसको वसाइ सहज हुन सक्छ भन्ने सन्देश गितले वोकेको कुरा गीत सुन्दा थाहा हुन्छ ।  यो गीतले परिवारका सदस्यहरुका सकारात्मक उपलब्धीहरु, सकारात्मक सन्देशहरु र सकारात्मक शब्दहरु नै प्रदेशी जीवनका उत्साह र उमंगका श्रोतहरु भएको कुरामा जोड दिएको छ ।

विदेशमा काम गर्ने परिवारका प्रत्येक सदस्यहरुलाई उत्प्रेरणा पुगोस र बेखुशी भएर वाध्यता वस विदेशमा बसेका नेपालीहरुलाई खुशी भएर स्वदेश फर्किन र स्वदेशमै आएर उद्यम गर्न गीतले आव्हान गरेकोछ । देश विदेश जहाँ बसे पनि मानिस भित्र अथाहा सकारात्मक उर्जा हुन्छ र यदि मानिसमा भएको सकारात्मक उर्जालाई बढाउन सके संसारै उज्यालो बनाउन सकिने सन्देशसहितको यो गीत विभिन्न सकारात्मक सोँच जगाउन आयोजना गरिने तालिममाका लागि पनि प्रभावकारी हुन सक्दछ ।

करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिदै आउनु भएका लामिछानेले अमेरीकाको केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन पनि गर्नु भएको छ  ।

राष्टिय तथा अन्तराष्टिय स्तरमा सकारात्मक सोच र प्रसंसनीय खोज र द्धन्द्ध व्यवस्थापन तथा शान्ति निर्माणका प्रशिक्षकका रुपमा ख्याती प्राप्त डा. लामिछानेले नेपाल लगायत चीन, भारत, बंगालादेश, फिलिपिन्स, दक्षिण अफ्रिका, कोरीया, थाइल्याण्ड, मलेशीया टर्की, श्रीलंका लगायतका देशहरूमा विभिन्न कार्यक्रमहरुमा सहजीकरण गर्नु भएकोछ ।

डा. लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । यो गित युटुव च्यानल The ERIPS मा सुन्न सकिन्छ ।

हेर्नुहाेस् यस्ताे छ गित

Leave a Comment