काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको आज एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म एक करोड ६४ लाख ५८ हजार ४ सय ७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
दुई लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् । मन्त्रालयले लक्षित जनसङ्ख्याको ८२ दशमलव ६ प्रतिशतले एक मात्रा र ६८ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका जानकारी दिएको छ । अहिले नेपालमा १२ वर्षदेखि माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य चलिरहेको छ ।
नेपालको कुल जनसंख्य जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । तर स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने नेपालको जनसंख्या भन्दा बढिले कोरोना खोप लगाएको देखिन्छ ।