प्रधानन्यायाधीश राणाले बोलाए दोस्रो पटक न्याय सेवा आयोगको बैठक

मुख्य खबर शुक्रबार माघ १४, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाउनुभएको हो ।

राणाले करिब एक महिनापछि पुनः आज २ बजे बस्नेगरी बैठक बोलाउनुभएको हो । कात्तिक ७ गते देखि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामाको मागसहित आन्दोलन सुरु गरेका थिए।

आफ्नो बहिर्गमनको मागसहित निरन्तर आन्दोलन चलिरहेको समयमा उहाँले पहिलोपटक गत पुस ६ गते बैठक बोलाउनुभएको थियो । आन्दोलन चलिरहँदा राणाले अघिल्लो महिना जिल्ला न्यायाधीशको परिक्षाको नजिता प्रकाशनका लागि न्याय सेवा आयोगको बैठक बोलाउनुभएको थियो ।

तर, पुस ७ गते बिहान नै सूचना निकाले आयोगको बैठक स्थगित भएको जानकारी गराएको थियो। न्याय सेवा आयोगका सदस्य एवम् लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेको भन्दै त्यतिबेलाको बैठक स्थगित गरिएको थियो।

Leave a Comment