मन्त्री बडु सहित स्वास्थ्य मन्त्रालयका दर्जनबढी कर्मचारी कोरोना संक्रमित

मुख्य खबर बिहिबार माघ १३, २०७८

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु कोरोना संक्रमित हुनुभएको छ । हिजो गरिएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ । उहाँले आफुसंग सम्पर्कमा पुगेका व्यक्तिहरुलाई पनि सजक रहन आग्रह गर्नुभएको छ । उहाँ अहिले निवासमै आइसोलेसनमा रहनुभएको छ ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेल सहित मन्त्रालयका दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।आज बिहान पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको सचिव पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रा, सह प्रवक्ता डा. समीर अधिकारी लगायत दर्जन बढीलाई यसअघि नै संक्रमण पुष्टि भएको पोखरेलले बताउनुभयो ।

Leave a Comment