काठमाडौं । नेपालमा आज ८ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८सय ८ जनाको नमुना परिक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१५ हजार ७३६ पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ मा संक्रमण पुष्टि भएको र ६ हजार ७२ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २०१ मा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ३७ हजार ४ जना निको भएका छन् । सोही समयमै कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।
यस्तै २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ९० हजार ५ सय ७६ पुगेको छ ।