काठमाडौं । मागल बालेर काठमाडौंको शङ्खरापुर नगरपालिका ३ बोजेनीमा एक दम्पतीको मृत्यु भएको छ । गएराति माकल बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङको निसासिएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ।
बिहान अबेरसम्म ढोका नखोलेपछि जेठो छोराले ढोका फुटाएर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्यु हुनाको कारण पोस्टमार्टमपछि थाहा हुने भए पनि शरीरमा अरू कुनै चोट नदेखिएकाले निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।