स्थानीय निकायकाे चुनावकाे मिति तत्काल तोक्न निर्वाचन आयोगकाे आग्रह

मुख्य खबर मङ्लबार माघ ११, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो । विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १ सय २० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको हो ।

स्थानीय तहको निर्वाचन पहिलो चरण २०७४ वैशाख ३१ गते, असार १४ मा दोस्रो चरण र असोज २ मा तेस्रो चरणमा सम्पन्न भएका कारण वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी ०७९ जेठ ५ गते समाप्त हुने उल्लेख गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार पहिलो चरणमा भएको निर्वाचनको मितिलाई आधार मानेर आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको बताउँदै आएको छ ।

Leave a Comment