एकै दिन १२ हजार ८ कोरोना संक्रमित थपिए

मुख्य खबर मङ्लबार माघ ११, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमित थपिएका छन् । २५ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा आज एकै दिन हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ हजार ४० जनाले कोरोना संक्रमणमुक्त भएका छन् । आज थप ८ जना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Comment