बेहुली लिन हिँडेको रथ पल्टिँदा दुईको मृत्यु, १४ घाइते

मुख्य खबर मङ्लबार माघ ११, २०७८

काठमाडौं । बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका(३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका(७ की २३ वर्षीया शैलकुमारी राम रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका(३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको थापाले बताए। घाइतेहरुको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment