काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु अस्पतालका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएपछि एक हप्ताका लागि खोप कार्यक्रम प्रभावित भएको छ ।
पहिलो र दोस्रो लहरमा एकदमै सावधानी पूर्वक सफलता हासिल गरेको टेकु अस्पतालमा आजदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित भएको हो ।
अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै एक हप्ताका लागि खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ । कोरोनाको तेस्रो लहरका कारण सबै भन्दा बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन् ।