२८ जनामा ओमिक्रोन र चार जनामा डेल्डा भेरिएन्ट पुष्टि

मुख्य खबर आइतवार माघ ९, २०७८

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो।

Leave a Comment