गुडिरहेको जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु

मुख्य खबर आइतवार माघ ९, २०७८

काठमाडौं । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपमा ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा को १ ज ३५६९ नम्बरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिका वडा नम्बर १ का ७ वर्षीया युनिषा कोइराला, १० वर्षीया इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ मोलीका ३० वर्षीय हेमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते हुनुभएको छ । घाइतेमध्ये देवबहादुर, सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामका लागि छुटेको जीपमाथि नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुंगा खसेको हो ।

Leave a Comment