कोरोना नियन्त्रण नै सरकारको पहिलो लक्ष हो- प्रधानमन्त्री देउवा

मुख्य खबर शुक्रबार माघ ७, २०७८

काठमाडाै । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना नियन्त्रण नै सरकारको पहिलो लक्ष भएको बताएका छन् । आज देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताएका हुन् ।

उनले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताए । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको बताए ।

त्यस्तै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिनामा देशभर १ सय ७७ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे । २३ सडक पुल निर्माण भई सुचारु भएका छन् भने ८२ वटा झोलुंगे पुल बनाइएको छ ’, देउवाले भने ।

Leave a Comment