प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

मुख्य खबर शुक्रबार माघ ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उनले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेका हुन् ।

Leave a Comment