पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

मुख्य खबर बिहिबार माघ ६, २०७८

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । विहिबार एमाले निकट अनेरास्ववियूले लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध चर्काे नाराबाजी समेत गरेका छन् ।

मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो ।

नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।

Leave a Comment