मौसम खराबी कारण आन्तरिक हवाई उडान प्रभावित

मुख्य खबर बिहिबार माघ ६, २०७८

काठमाडौं । आज बिहान देखि मौसममा आएको खराबीका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ।

काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रेका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेको छ। बिहान छिटफुट वर्षासमेत भएको छ। महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Comment