पत्रकार एलबी विश्कर्माको निधन

मुख्य खबर बिहिबार माघ ६, २०७८

काठमाडौं । अछाम रामारोशन घर भई हाल काठमाडौंमा सक्रिय पत्रकारितामा रहेका पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वाडमा भर्ना गरिएको थियो ।

विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युको कारणबारे एकिन जानकारी आइसकेको छैन । विश्वकर्मा विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत रहेका थिए ।

Leave a Comment