नेपालमा अहिलेसम्मकै धेरै ११ हजार ३५२ कोरोना संक्रमण पुष्टि

मुख्य खबर बुधबार माघ ५, २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको दैनिक संख्याले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो पटक दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै ११ हजार ३ सय ५२ पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ७६ पीसीआर परीक्षणमा ९ हजार ५ सय २ र ५ हजार ३ सय ३१ एन्टीजेन परीक्षणमा १ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । यो कूल परीक्षणको ४८ दशमलब चार नौ प्रतिशत हो

हिजो यो प्रतिशत ५० प्रतिशतको हाराहारीमा थियो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका ६ हजार ३ सय ४३ जना छन् ।

जसमा काठमाडौंका ४ हजार ६ सय ६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५ सय ७८ जना छन् । थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Comment