कोरोना भाइरस तत्काल अन्त्य हुने अवस्था छैन- डब्लुएचओ

अन्तर्राष्ट्रिय बुधबार माघ ५, २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक डा. टेडरोस आध्यनोमले कोरोना भाइरसको माहामारी निकट भविष्यमा अन्त्य हुने संभावना नरहेको चेतावनी दिएका छन् ।

उनले विश्वका नेताहरुलाइ चेतावनी दिर्दै महामारी अहिलेनै सकिने संभावना नरहेको भन्दै सक्रिय भएर महामारी विरुद्ध लाग्न आग्रह गरे । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनले तुलनात्मक रुपमा गम्भिर विरामी बनाउने संभावना कम देखिनुलाई भाइरस माथिको जितको रुपमा बुझ्न नहुने उनले बताएका छन् । पछिल्लो समय युरोपका विभिन्न देशमा ठूलो संख्यामा संक्रमित थपिरहेका छन् ।

मंगलबार फ्रान्समा करिव पाँच लाख नयाँ संक्रमित थपिएका थिए । ओमिक्रोनका कारण अस्पताल भर्ना हुने र कतिपय अवस्थामा मृत्यु पनि हुने गरेकाले कुनैपनि गल्ति नर्गन उनले आग्रह गरेका छन् ।।

Leave a Comment