सिडियो सहित १८ जनामा कोरोना देखा परेपछि नागरिकता वितरणको काम रोकियो

मुख्य खबर बुधबार माघ ५, २०७८

काठमाडौं । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुनेगरी सेवा कटौती गरेको हो ।

जस अनुसार अब नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणका काम स्थगित गरिएका छन् ।

यस्तै, राहदानी विभागले पनि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएका बाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका बाहेक अन्य सेवा हाललाई स्थगित गरिएको विभागले जनाएको छ ।

 

Leave a Comment