काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार दुई सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २२ हजार ८ सय २८ जनामा गरिएको कोरोना परीक्षण मध्यै १० हजार दुई सय ८५ जनामा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना निको भएर घर फर्किएका छन् । आज थप एक जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।