काठमाडौं । काठमाण्डौमा जारी नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयन गर्न निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा हिजो साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै आज १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ । संशोधित कार्यतालिकामा आज २ बजेपछि निर्वाचन प्रक्रीया सुर हुने माओवादी निर्वाचन समितका प्रमुख विष्णु पुकार श्रेष्ठले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ ।नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।
त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन्