अमेरिकी तल्लो सदनका न्यायिक समितिका रिपब्लिकनहरूले बुस्टर डोजबारे ट्वीट हटाए

अन्तर्राष्ट्रिय शनिबार पुस १७, २०७८

अमेरिकी तल्लो सदनका न्यायिक समितिका रिपब्लिकनहरूले अभिवर्धक खुराक (बुस्टर डोज )बारे गलत जानकारी फैलाउने गरि सामाजिक संजालमा प्रकाशित गरेको ट्वीट आफै हटाएका छन् ।

गत बिहीबार दिउँसो प्रकाशित गरिएको तल्लो सदन न्यायिक समिति(हाउस जुडीसीयरी कमिटी)को आधिकारिक खाताबाट रिपब्लिकनहरुले गलत ट्वीट गरिएको थियो जस्मा यस्तो लेखिएको थियो : “यदि बूस्टर (अभिवर्धक )खोपहरूले काम गर्छ भने तिनीहरूले किन काम गर्दैनन्?”

यो हटाइनु अघि ट्वीटमा यसको बिरुद्धमा ज्यादै मानिसहरु खनिएका थिए र प्रतिक्रिया दिएका थिए । अमेरिकामा ओमिक्रोन भेरियन्ट(प्रजाति)देखिए पछि र अत्यधिक कोभिड-१९ मामलाहरु अमेरिकाभर बढ्दै गएको बेलामा जिम्मेवार व्यक्तिहरुबाट यो आएको थियो।

सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले मानिसहरूलाई आफू र अरूलाई बचाउन प्रोत्साहित गर्न प्रोत्साहित गरिरहेको समयमा नकारात्मक सन्देश दिए पछि बाध्य भएर उनीहरुले हटाएका थिए ।

धेरैजसो रिपब्लिकनहरूले भनेका छन् कि उनीहरू कोभिड-१९ खोपहरूलाई समर्थन गर्छन् तर जनादेशहरूको विरोधमा छन् ।

सिएनएनको पछिल्लो सर्वेक्षण अनुसार ६५ % बहुमत रिपब्लिकन र रिपब्लिकन झुकाव भएका स्वतन्त्रहरूले कोभिड खोपको कम्तिमा एक खुराक मात्र प्राप्त गरेको विवरण दिएको छ ।

Leave a Comment