माओवादी महाधिवेशन-७ सदस्यीय अध्यक्ष मण्डल गठन

मुख्य खबर सोमवार पुस १२, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्र सुरु भएको छ । सोमबार बिहानैदेखि कमलादी प्रज्ञा भवनमा बन्दसत्र सुरु भइरहेको छ । त्यसै गरि बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।

विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

 

Leave a Comment