चीनविरुद्ध पश्चिमी देश एक हुन क्यानडाको आग्रह

अन्तर्राष्ट्रिय आइतवार पुस ११, २०७८

एजेन्सी । क्यानडाले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताएको छ । चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको बताउँदै उसलाई रोक्नका लागि एकजुट हुन आवश्यक रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताए ।

ग्लोबल च्यानलसँगको अन्तर्वार्तामा क्यानडाका प्रधानमन्त्रीले चीन आर्थिक अवसर हासिल गर्नका लागि जे पनि गर्न सक्ने बताए ।

हुवावेकी चिफ पाइनान्सियल अफिसर मेंग वांचोउको गिरफ्तारीको जवाफ दिँदै चीनले क्यानडाका दुई नागरिकलाई गिरफ्तार गरेको थियो ।

Leave a Comment