काठमाडाै । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज देशव्यापी रूपमा मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘सभ्य नागरिकको पहिचान: ज्येष्ठ नागरिकको सम्मान’ भन्ने तय गरिएको छ ।
दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी सम्मान गर्नुपर्ने बताएका छन् ।
२०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई एक सय रुपियाँ प्रदान गरेको दिनलाई स्मरण गर्दै प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । गत २०७७ पुस १० गते बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भने हरेक वर्ष अक्टोबर एक तारिखमा मनाउने गरिन्छ । नेपालको कुल जनसंख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छ ।
हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको संख्या वृद्धि हुँदै जाने गरेको छ । सरकारले २०५१ सालमा मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपियाँ पु¥याइएको छ । नेपाल र विश्वमै बढ्दै गइरहेको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन र सहज बनाउने चुनौती बढ्दै गइरहेको छ ।